अर्थका ११ सहसचिवको पदस्थापन तथा सरुवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थका ११ सहसचिवको पदस्थापन तथा सरुवा


७ बैशाख २०७८, मंगलबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयले ११ जना सहसचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ ।

मन्त्रालयले सहसचिव थान प्रसाद पंज्ञेनी र उमाकान्त आचार्यलाई महालेखा नियन्त्रकको कार्यालयमा सह–महालेखा नियन्त्रकमा, अच्युतप्रसाद सिवाकोटीलाई प्रमुख जाँच पास प्रशासक, भन्सार जाँच पास परीक्षण कार्यालय, ईश्वरी प्रसाद अर्याललाई भन्सार विभागको उपमहानिर्देशक र बाबुराम सुवेदीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कार्यालय प्रमुखमा पठाएको छ ।

यस्तै सहसचिव विश्व प्रसाद अर्याललाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, महेश भट्टराईलाई वित्तीय सङ्घीयता समन्वय महाशाखा, महेश आचार्यलाई प्रमुख भन्सार प्रशासक वीरगन्जबाट योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, बाबुराम भण्डारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख, भन्सार विभागका उपमहानिर्देशक भूमिराज शर्मालाई नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिव र योजना तथा मूल्याङ्कन महाशाखाका सुमन दाहाललाई प्रशासन महाशाखामा सरुवा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस