कन्सुलर विभागले एक पटकमा २५ जनालाई मात्र सेवा दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कन्सुलर विभागले एक पटकमा २५ जनालाई मात्र सेवा दिने


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कन्सुलर विभागले एक पटकमा २५ जनाका दरले सेवाग्राहीलाई प्रमाणीकरणमा सहभागी गराउने भएको छ ।

सेवाग्राहीको भिडभाड नहुने गरी दैनिक कार्य सञ्चालन गर्ने जनाएको विभागले मंगलबार सूचना जारी गर्दै प्रमाणीकरण गर्ने कार्यमा हुने भिडभाडलाई न्यूनीकरण गरेर काम सञ्चालन गर्ने जनाएको हो।

विभागका अनुसार वैशाख १२ देखि लागू हुने गरी प्रमाणीकरणको समय बिहान ८ देखि साँझ ५ बजेसम्म गरिएको छ।

प्रमाणीकरण कार्यका लागि सोधपुछ काउन्टरमा वैशाख ८ गतेदेखि नै बिहान ८ बजेबाट नै सङ्केत नम्बरसहितको फारम वितरण गरिने विभागले जनाएको छ।

सामाजिक दुरीलगायतका कार्यलाई ध्यान दिइने विभागले जनाएको छ। नेपाल प्रहरीबाट हुने प्रहरी रिपोर्टका लागि विभागको प्रमाणीकरण नलिईकन विदेशी नियोगहरूमा पेस गर्न सकिने पनि विभागको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस