स्थानीय तहका थप २० अधिकृत सेवाकालीन तालिमका लागि छनौट, भर्चुअल प्रशिक्षण हुने « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

स्थानीय तहका थप २० अधिकृत सेवाकालीन तालिमका लागि छनौट, भर्चुअल प्रशिक्षण हुने


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले दिने ३५ दिने सेवाकालीन प्रशिक्षणका लागि स्थानीय तहमा कार्यरत छैटौँ र सातौँ तहका २० जना अधिकृत कर्मचारी मनोनयन भएका छन् ।

केही दिन अघि यही १० गतेदेखि सञ्चालन हुन लागेको प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३५ दिने सेवाकालीन प्रशिक्षण कार्यक्रमका लागि मनोनयन स्वीकृत कर्मचारीको नामावली सार्वजनिक गरेको प्रतिष्ठानले मङ्गलवार(आज) थप २० जनासहित कार्य तालिका सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार : सेवाकालीन तालिमका लागि स्थानीयका छैटौँ र सातौँ तहका ८३ अधिकृत छनौट

साथै गत चैत्र ३१ गतेको सूचनामा मनोनीत कर्मचारीलाई वैशाख १० गते बिहान ८ बजे प्रतिष्ठान, जावलाखेलमा उपस्थित हुन भनेकोमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै अब भर्चुअल प्रशिक्षण हुनेसमेत प्रतिष्ठानले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस