पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै, आज फेरी बढाइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै, आज फेरी बढाइयो


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।

अब काठमाडौँको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस