एमालेका ४ सांसद निष्कासित, वलीलाई २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेका ४ सांसद निष्कासित, वलीलाई २४ घण्टे स्पष्टीकरण


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लङ्घन गर्ने कर्णालीका चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

बैठकले चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्नेमा प्रत्यक्ष निर्वाचित सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कूर्मराज शाही रहेका छन् । उनीहरूले संसद्मा फ्लोर क्रस गरेर सरकारलाई विश्वासको मत दिएका थिए ।

यस्तै समानुपातिक सांसद देवी वलीलाई चौबिस घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिन भनिएको छ । वलीले पहिले विश्वासको मतका पक्षमा मतदान गरेकी थिइन् तर, पछि आवश्यक सङ्ख्या पुगिसकेको भन्दै आफ्नो मत सच्याएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस