सांसद रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक युवक पक्राउ, एक फरार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सांसद रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक युवक पक्राउ, एक फरार


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आज राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौँमा फोन गरेपछि घटना भएको ४५ मिनेटपछि मात्र प्रहरी आइपुगेको उनले बताएका थिए ।

घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षका मनोज तामाङलाई पक्राउ गरेको छ । रामेछाप घर भई गठ्ठाघर बस्दै आएका उनीसँगै अर्का नसिन लिम्बुले राति सांसद रावल बसेको घरमा ढुंगा हानेका थिए । अहिले लिम्बु भने फरार छन् ।

तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए । तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस