पौडी खेल्दा डुबेर २ बालकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पौडी खेल्दा डुबेर २ बालकको मृत्यु


३१ चैत्र २०७७, मंगलबार


रुपन्देही । पौडी खेल्ने क्रममा डुबेर गुल्मीमा दुई जना बालकको मृत्यु भएको छ ।

गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ बस्ने सञ्जिव विकको ५ वर्षीय छोरा सुमन बिक र प्युठानको गौमुखी गाउँपालिका–५ बस्ने विष्णु बिकको छोरा ८ वर्षीय गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

मदाने गाउँपालिका–३ सिर्सेनीस्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा बेहोस् अवस्थामा देखेपछि स्थानीयले पुर्कोट स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

अहिले शवलाई पोष्टमाटमको लागि सदरमुकाम तम्घास ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस