बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौं । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौँको गोठाटारबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस