काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाका दुई प्राविधिक कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि दुई जना प्राविधिक कर्मचारी सिफारिस गरिएको बढुवा समितिले जानकारी दिएका छ ।
समितिको फागुन ६ गते बसेको बैठकले लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरको बढुवा सूचना अनुसार नेपाल विविध सेवा राज पत्र अनङ्कित प्रथम श्रेणि(प्राविधिक) को रिक्त कम्प्युटर अपरेटर पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवाका लागि सिफारिस हुनेमा प्रेम बहादुर आले र दीपक पाण्डे छन् । आले हाल कारागार कार्यालय गोरखामा कार्यरत छन् भने पाण्डे इलाका प्रशासन कार्यालय सिर्दिवासमा कार्यरत छन् ।
कार्यक्षमता मूल्याङ्कनको आधारमा गरिने बढुवाका लागि दर्ता भएका उम्मेदवारहरूलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा सिफारिस गरिएको हो । कार्यक्षमताको मूल्याङ्कनको आधारमा हुने बढुवाका लागि कुनै पनि उम्मेदवार सिफारिस नभएको समितिले जानकारी दिएको छ ।