काठमाडौं पुगे ‘विप्लव’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौं पुगे ‘विप्लव’


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुगेका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीसमय अगाडि मात्र काठमाडौं आइपुगेका हुन् ।

आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकसाथ सम्बोधन गर्दै छन् ।

सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षरसमेत गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस