चार प्रदेशका जिल्ला समन्वय अधिकारीलाई सामान्यको परिपत्र -‘तीन दिन भित्र प्रगति समीक्षा पठाउनू’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चार प्रदेशका जिल्ला समन्वय अधिकारीलाई सामान्यको परिपत्र -‘तीन दिन भित्र प्रगति समीक्षा पठाउनू’


२० फाल्गुन २०७७, बिहिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न चार वटा प्रदेशका जिल्ला समन्वय अधिकारीहरूलाई प्रदेश भित्रका स्थानीय तहको प्रगति तीन दिन भित्र पठाउन परिपत्र गरेको छ ।

मन्त्रालयले बिहीबार प्रदेश नं. १, प्रदेश नं. २, गण्डकी र लुम्बिनी प्रदेशलाई परिपत्र गर्दै निकट भविष्यमा मन्त्री र सचिवको उपस्थितिमा हुने आर्थिक वर्ष २०७६-०७७ को असल अभ्यास आदान प्रदान तथा समीक्षा कार्यक्रमका लागि मन्त्रालयको वेबसाइटमा रहेको प्रगति समीक्षा फारामका सम्पूर्ण विवरणहरू लगइन गरी तीन दिन भित्र इन्ट्रि गराउन भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस