सरकार र विप्लव समूहबीच तीनवुँदे सहमति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकार र विप्लव समूहबीच तीनवुँदे सहमति


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ ।सहमतिपछि प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोड्ने भएको छ । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने  छ ।

सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

No photo description available.

Tags :
प्रतिक्रिया दिनुहोस