सचिवालय सदस्यबाहेकका सबै सांसदबीच संयुक्त छलफल गर्न शर्माको प्रस्ताव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिवालय सदस्यबाहेकका सबै सांसदबीच संयुक्त छलफल गर्न शर्माको प्रस्ताव


१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समूहका नेता जनार्दन शर्माले नेकपाका सचिवालय सदस्यबाहेक सबै सांसदहरुबीच छलफल गर्न प्रस्ताव पेश गरेका छन् ।

नेता शर्माले प्रतिनिधिसभाका सांसदहरुले आफैप्रति उठेका प्रश्नको जवाफ दिन आवश्यक भएको बताउँदै यस्तो प्रस्ताव गरेका हुन् ।

जनमतको उच्च सम्मान र जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र ढङ्गले छलफल गर्न जरुरी रहेको उनले बताए । उनले भने, ‘सचिवालय सदस्यहरु बाहेकका सांसदहरुले छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस