विप्लव समुहद्वारा सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लव समुहद्वारा सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

चन्द समूह स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको भएपनि आज विज्ञप्ती जारी गर्दै वार्ता टोली गटनको जानकारी गरएको हो । वार्ताका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले बताए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए ।

आजै सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई सहित दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचार : दुई सदस्यीय वार्ता समिति बनाउने तयारीमा विप्लव समूह

 

Tags :
प्रतिक्रिया दिनुहोस