दुई सदस्यीय वार्ता समिति बनाउने तयारीमा विप्लव समूह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई सदस्यीय वार्ता समिति बनाउने तयारीमा विप्लव समूह


१८ फाल्गुन २०७७, मंगलबार


विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली बनाउने तयारी गरेको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली बनाउने तयारी गरेको हो ।

मङ्गलवार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ ।

सम्भवतः वार्ता टोली खड्गबहादुर विश्वकर्मा नेतृत्वमा बन्ने विप्लव समूहले जनाएको छ ।

यसअघि विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सरकारसँग वार्ता गर्न आफूहरू सकारात्मक रहेको जानकारी दिएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस