पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । जोशीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्री जोशीको मस्तिष्कमा रगत जमेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस