औषधि विभागका अधिकृत घुससहित पक्राउ « प्रशासन
prasaLogo
१४ फाल्गुन २०७७, शुक्रबार

औषधि विभागका अधिकृत घुससहित पक्राउ


प्रकाशित मिति : 26 February, 2021 7:57 am

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’ बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस