२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छ: पूर्वराष्ट्रपति डा. यादव

अ+ अ-

धनुषा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, ‘संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन । म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु ।’

डा. यादवले अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई खुशी दिएको बताउँदै उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, सङ्घीयतामा विश्वास गर्ने, समावेशितामा विश्वास गर्ने खुशी भएका छन् ।’

उनले संविधान जारी गर्दाको समयको स्मरण गर्दै भने, ‘मैले संविधान जारी गर्दा देशका सबै नागरिक खुशी होउन् भन्ने चाहेको थिएँ तर त्यतिबेला मधेशवादी दल छाडेर तत्कालीन नेकपा (एमाले), कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो र त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरेँ ।’

त्यसबेला मधेशी दलले संविधानप्रति आपति जनाए पनि यही संविधानअनुसार भएको निर्वाचनमा मधेशी दललेसमेत सहभागिता जनाएर भाग लिएपछि आफूले ठिकै गरेको अनुभूति भएको डा. यादवले बताए ।उनले भने, ‘मधेशी दल पनि सरकारमा गयो । चुनाव भयो र अगाडि बढिरहेको छ ।’

पूर्वराष्ट्रपति डा. यादवले भारतमा संविधान घोषणा हुन लाग्दा भीमराव अम्बेडकरले संविधान राम्रो र खराब नहुने तथा अगुवा ठिक रहे संविधान राम्रै बाटोबाट जाने भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै भारतको संविधान १२२ पटक संशोधन भएको र अमेरिकामा २२ पटक संशोधन भइसकेको उदाहरणसमेत दिए ।

पूर्वराष्ट्रपति डा. यादवले राजनीति दल विधि र प्रक्रियाअनुसार नलेको हुँदा चिरा परेकाले मुलुकमा समस्या आएको बताए । उनले आर्थिक अनुशासन कुनै पनि दलमा नभएको बताउँदै विधानअनुसार पार्टी नचले, नेता, कार्यकर्ताको आचरण ठिक नभए लोकतन्त्र खतरामा पर्ने बताए । डा. यादवले भने, ‘अहिले सबै पार्टीको यही हालत छ । लोकतन्त्रका बारेमा पढ्नुस् । बुझ्नुस् र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।’

डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासनसमेत नभएको आरोप लगाए ।