प्रधानमन्त्री ओलीले ७० औँ जन्मदिन मनाए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीले ७० औँ जन्मदिन मनाए


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७० औँ जन्मदिन मनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा परिवारका सदस्यका साथमा ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीका साथमा जन्मदिन मनाएका छन् । २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका प्रधानमन्त्री ओलीको हालको बसाई भने झापा हो ।

गत वर्ष ओलीले आफ्नै जन्म घरमा पुगेर जन्मदिन मनाएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस