कर्मचारीका लागि प्राप्त वैदेशिक अध्ययन, तालिम र भ्रमण बाँडफाँड, यी हुन् छात्रवृत्ति पाउने मन्त्रालय

काठमाडौँ । नेपाल सरकारका नाममा विभिन्न निकायबाट प्राप्त वैदेशिक अध्ययन, तालिम तथा भ्रमणलाई बाँडफाँड गरिएको छ ।
मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको विभिन्न निकायका सचिवसहितका पदाधिकारीहरूको छात्रवृत्ति समितिको ३३८औँ बैठकले विभिन्न मित्रराष्ट्र एवम् विकास साझेदारहरुबाट प्राप्त वैदेशिक तालिम तथा छात्रवृत्तिका अवसरहरु मन्त्रालयगतरुपमा बाँडेको हो ।
त्यसैगरी आइतबार नै ३३७ औँ बैठक पनि बसेको छ ।