सशस्त्र प्रहरीका हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीका हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी हवल्दार श्रवण कुमार बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको दाबी गर्दै अख्तियारले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

बस्नेतलाई घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत १५ रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सम्बन्धित समाचार : शसस्त्र प्रहरीको हवल्दार घुस रकम सहित अख्तियारको नियन्त्रणमा

Tags :
प्रतिक्रिया दिनुहोस