ओलीले समृद्धिको सपना देखाए, संविधान धरापमा पारे : गोकर्ण विष्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओलीले समृद्धिको सपना देखाए, संविधान धरापमा पारे : गोकर्ण विष्ट


९ फाल्गुन २०७७, आइतबार


गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता गोकर्ण विष्टले प्रधानमन्त्री ओलीले समृद्धिको सपना देखाएर संविधान धरापमा पारेको बताएका छन् ।

आइतवार गुल्मीको तम्घासमा युवा–विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै विष्टले प्रधानमन्त्री ओलीले जनतालाई समृद्धिको सपना देखाई लोकतान्त्रिक गणतन्त्र र संविधान धरापमा पारेको बताएका हुन् ।

उनले ओलीले दुई तिहाइको सरकारलाई समृद्धिका लागि नभई आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘निर्वाचनमा समृद्धिको चास्नी देखाएर अराजकता निम्त्याउनु दुर्भाग्यपूर्ण कुरा हो ।’

विष्टले नेकपाका बहुमत केन्द्रीय सदस्यहरू आफूहरूतिर भएकोले नेकपाको आधिकारिकता आफूहरुनै भएकोमा विश्वस्त भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस