प्रधानमन्त्रीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय उद्घाटन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय उद्घाटन


३ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमित मन्त्रिपरिषदको कार्यालय उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो । आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस