स्रोत नखुलेको रकमसहित सडक पूर्वाधार विकास रोल्पाका निमित्त कार्यालय प्रमुखसहित ४ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्रोत नखुलेको रकमसहित सडक पूर्वाधार विकास रोल्पाका निमित्त कार्यालय प्रमुखसहित ४ जना पक्राउ


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंहलाई स्रोत नखुलेको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठको समुहलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रिसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस