भागरथीको हत्यामा संलग्न अपराधीलाई छाडिन्न : प्रधानमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भागरथीको हत्यामा संलग्न अपराधीलाई छाडिन्न : प्रधानमन्त्री


१ फाल्गुन २०७७, शनिबार


बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरू छिट्टै पक्राउ गरिने बताएका छन् ।

नेकपा ओली समूहले शनिवार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न अपराधीहरू सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरूलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले अघि भने , ‘समातेर ल्याएर कारबाही गरिनेछ ।’

अपराधीहरु कारवाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र सजाय छुट नपाउने प्रधानमन्त्री प्रधानमन्त्रीओलीको भनाइ थियो । उनले भने, ‘दुई-दिन, चारदिन उम्किएलान् । एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । त्यो समय कट्टा हुने छैन । पुराका पूरा सजाय ती अपराधीहरुलाई गराएरै छोड्ने छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस