टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा


३० माघ २०७७, शुक्रबार


टोकियो । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।

जापानका पूर्व प्रधानमन्त्री समेत रहनु भएका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका थिए ।

मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । उनले ‘महिलामा एक प्रकारको इष्र्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्’ भनेका थिए ।

मोरीले आफूले बोलेका कुराप्रति क्षमा माग्नु भएको छ । तर उनको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ । मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने प्रचार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस