विदेशी लगानी भित्र्याउन पूर्वस्वीकृति लिनु नपर्ने राष्ट्र बैंकको प्रस्ताव, मस्यौदा सार्वजनिक गरिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विदेशी लगानी भित्र्याउन पूर्वस्वीकृति लिनु नपर्ने राष्ट्र बैंकको प्रस्ताव, मस्यौदा सार्वजनिक गरिँदै


२७ माघ २०७७, मंगलबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ तयार पार्दै विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कबाट पूर्व स्वीकृति लिनु नपर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।

राष्ट्र बैङ्कले सर्वसाधारण तथा सरोकारवालाहरूको जानकारीका लागि मंगलबार मस्यौदा सार्वजनिक गर्दै छ ।

विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी, उद्योग दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैङ्किङ प्रणालीमार्फत नेपाल पठाउन वा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने नियमावलीमा उल्लेख छ ।

त्यस्तै विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सो बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैङ्कबाट पूर्व स्वीकृति समेत लिनु नपर्ने तर, विदेशी लगानी स्वीकृत भए पश्चात् विदेशी मुद्रा भित्र्याउनु पूर्व तोकिएको ढाँचामा लिखित जानकारी दिए पुग्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस