निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आयोगलाई आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आयोगलाई आग्रह


२७ माघ २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार : प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

आज बिहान निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बन्धित समाचार : प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै निरन्तर अगाडि बढाउने बताएका छन् ।

आयोगका पदाधिकारीहरुसँग निर्वाचनका अवधिमा आवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने वजेट लगायतका विषयमा छलफल भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीले बताएका छन् ।

आयोगमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवास नेम्वाङलगायतका पदाधिकारी पुगेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस