प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै


२७ माघ २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । उनी मङ्गलवार(आज) बिहान ११ बजे आयोगको कार्यालय जाने बालुवाटार स्रोतले जनाएको छ ।

नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् ।

नेकपाका दुवै खेमाका नेताहरूले आफूहरू मूल पार्टी रहेको दाबी गर्दै आएको भए पनि आयोगले भने दुवै पक्षको दाबी नपुगेको बताइरहेको छ ।

प्रधानमन्त्री ओली आयोग पुगेर आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्ने र आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस