बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


२६ माघ २०७७, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी छ ।

सोमबार(आज) ६ बजेका लागि डाकिएको बैठक ढिला गरी सुरु भएको थियो । बैठकमा विभिन्न मन्त्रालयका गरी एक दर्जन बढी नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बुझिएको छ ।

बैठकले केही दिन अघि मात्रै सचिवमा बढुवा भई अतिरिक्तमा रहेका सचिव सुमनराज अर्याललाई पदस्थापन गर्न सक्ने बुझिएको छ । सोही क्रममा केही सचिवसमेत हेरफेर गर्न सक्ने बालुवाटार स्रोतको भनाई छ । यद्यपि सचिव सरुवा पेचिलो बन्दै गएपछि केही समयलाई रोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस