आजबाट पत्रकारलाई कोरोनाविरुद्धको खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजबाट पत्रकारलाई कोरोनाविरुद्धको खोप


२६ माघ २०७७, सोमबार


काठमाडौँ । आजबाट पत्रकारहरूलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार(आज)देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइँदै छ । खोप लगाउन जाने पत्रकारहरूले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।

मन्त्रालयले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालयमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण माग गर्दै सोही विवरण खोप सचिवालयमा उपलब्ध गराउने जनाएको छ । देशभर गरी करिब १३ हजार पत्रकार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस