बागमती प्रदेशका स्थानीय तहहरूलाई सामान्य प्रशासन मन्त्रालयको अत्यन्त जरुरी सूचना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागमती प्रदेशका स्थानीय तहहरूलाई सामान्य प्रशासन मन्त्रालयको अत्यन्त जरुरी सूचना


२४ माघ २०७७, शनिबार


समायोजन

काठमाडौँ । बागमती प्रदेशका स्थानीय तहहरूलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्राचार गर्दै ०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रममा उपस्थित हुन पत्राचार गरेको हो ।

मन्त्री र सचिवसहितको उपस्थितिमा माघ ३० गतेदेखि फागुन २ गतेसम्म चितवनको होटेल पार्क सवारी रिसोर्टमा हुने कार्यक्रमका लागि आफ्नो प्रस्तुतीकरणसहित ३० गते शुक्रवार दिउँसो १ बजे कार्यक्रमस्थलमा उपस्थित हुन भनेको छ । सो कार्यक्रमको खाना, खाजा र आवासको व्यवस्था आयोजकबाट हुने र दैनिक तथा भ्रमण खर्च आयोजकबाट नव्यहोरिने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस