इटाली कोरोना भाइरस सङ्क्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इटाली कोरोना भाइरस सङ्क्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु


एजेन्सी

२३ माघ २०७७, शुक्रबार


रोम । इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ ।

इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल सङ्क्रमित भएका छन् ।

इटालीमा बुधबार १५ हजार ७४८ कोरोनाा मुक्त भएपछि कोभिड-१९ को संङ्क्रमण शुरुभएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखेपछि सक्रिय सङ्क्र्मितको संख्या ४ लाख ३० हजार २७७ रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस