काठमाडौँ पछि अन्य तीन जिल्लामा पनि निस्कियो सेनाको बख्तरबन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ पछि अन्य तीन जिल्लामा पनि निस्कियो सेनाको बख्तरबन्द


२२ माघ २०७७, बिहिबार


काटमाडौँ । काठमाडौँमा गत १९ गते राती नियमीत अभ्यासका लागि निस्किएको नेपाली सेनाको बख्तरबन्द गाडी आज देशका अन्य तीन जिल्लामा पनि देखीएको छ ।

आज बिहिबार बुटवल, चितवन र कैलालीमा पनि नेपाली सेनाले नियमित अभ्यासका लागि बख्तरबन्द सडकमा निकालेको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहले देशभर घोषणा गरेको आमहड्ताल जारी रहदाँ बुटवलमा नेपाली सेनाको बख्तरबन्दले नगरपरिक्रमा गरेको हो । सेनाले नियमित अभ्यास अन्तर्गत नै बख्तरबन्द गाडी प्रदर्शन गरिएको जनाएको छ ।

त्यस्तै, नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म बख्तरबन्द गाडीहरु साइरन बजाउँदै आएपछि स्थानीयले चासो व्यक्त गरेका छन् । यद्यपि, नेपाली सेनाले भने यसलाई नियमित अभ्यास भनेको छ ।

लामो समयदेखि सेनाले बख्तरबन्द गाडी सडकमा निकालेर अभ्यास गरेको थिएन । राजनीतिमा आएको परिवर्तनसँगै देशभर सेनाले गरेको अभ्यासलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस