संवैधानिक निकायमा पदाधिकारीहरुले लिए शपथ  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संवैधानिक निकायमा पदाधिकारीहरुले लिए शपथ 


२१ माघ २०७७, बुधबार


काठमाडौँ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरूको बुधवार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण भएको छ ।

बुधवार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

सम्बन्धित समाचार : अख्तियार प्रमुखसहित संवैधानिक निकायका पदाधिकारीहरुको शपथ हुँदै

प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएका अध्यक्षहरूलाई शपथ ग्रहण गराएका थिए । सदस्यहरूलाई सम्बन्धित आयोगका अध्यक्षहरूले शपथ खुवाएका छन् ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस