सोमबार राति सेनाको बख्तरबन्द गाडीले चक्रपथ चक्कर लगाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सोमबार राति सेनाको बख्तरबन्द गाडीले चक्रपथ चक्कर लगाउने


१८ माघ २०७७, आइतबार


काठमाडौँ । नेपाली सेनाको बख्तरबन्द गाडीहरूले सोमबार राति चक्रपथ परिक्रमा गर्ने भएका छन्। सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।

त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय(समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस