सरकारी सवारीको दुरुपयोग रोक्न इम्बोस्ट नम्बर प्लेट जोड्न निर्देशन « प्रशासन
prasaLogo
१४ माघ २०७७, बुधबार

सरकारी सवारीको दुरुपयोग रोक्न इम्बोस्ट नम्बर प्लेट जोड्न निर्देशन


प्रकाशित मिति : 27 January, 2021 2:56 pm

काठमाडौँ। गृह मन्त्रालयले सरकारी नम्बर प्लेट भएका सवारी साधनहरूमा ‘हाई सेक्युरिटी इम्बोष्ट भेइकल नम्बर प्लेट’ अविलम्ब जडान गर्न निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गत विभिन्न निकायले प्रयोग गर्ने सेतो(सरकारी) नम्बर प्लेटको सवारीमा रातो(निजी प्लेट) राखी दुरुपयोग हुन सक्ने भन्दै इम्बोष्ट नम्बर प्लेट प्रयोग गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

गृह मन्त्रालय आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । इम्बोष्ट नम्बर प्लेट सवारी साधनको सुरक्षा तथा प्रयोगका लागि प्रभावकारी मानिन्छ ।

मन्त्रालयले यस्तो निर्देशन दिइरहँदा त्यहीकै केही उच्च अधिकारीलगायतले सेतो(सरकारी) नम्बर प्लेटलाई रातो(निजी) नम्बर प्लेट बनाएर प्रयोग गर्ने गरेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस