काठमाडौँ विश्वविद्यलयको उपकूलपतिमा प्राध्यापक भोला थापा नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ विश्वविद्यलयको उपकूलपतिमा प्राध्यापक भोला थापा नियुक्त


७ माघ २०७७, बुधबार


काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक भोला थापालाई नियुक्त गरेको छ।

थापालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापा काठमाडौँ विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् । शिक्षामन्त्री एवम् सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा।.रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो । यी तीनमध्येबाट थापालाई उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केयूको उपकुलपति बन्न ४४ जनाले आफ्नो वैयक्तिक विवरण शिक्षामन्त्री श्रेष्ठसमक्ष पेश गरेका थिए। उक्त समितिले ४४ जनाबाट तीन जनाको नाम केयूका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेका थिए।

सबैभन्दा बलियो सम्भावना बोकेका मकाजुलाई पन्छाउँदै सरकारले भोला थापालाई उपकूलपतिमा नियुक्ति गरेको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस