प्रधानन्यायाधीश जबराले भने -संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश जबराले भने -संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ


८ पुस २०७७, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

बुधवार सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनमा उनले भने, ‘नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध, गम्भीर र संवेदनशील छ ।’

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमा कायम राख्न सबैले त्यसै प्रकारको सोच, दृष्टिकोण र व्यवहार गर्नुपर्ने पनि प्रधानन्यायाधीश जबराले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस