हाजिर नगराउने स्थानीय र प्रदेशको अनुदानबाट कट्टा गरी कर्मचारीलाई तलब खुवाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हाजिर नगराउने स्थानीय र प्रदेशको अनुदानबाट कट्टा गरी कर्मचारीलाई तलब खुवाइने


१४ मंसिर २०७७, आइतबार


समायोजन

काठमाडौँ । प्रदेश तथा स्थानीय तहमा समायोजन भएका र विभिन्न कारणले हाजिर हुन नपाएका कर्मचारीलाई २०७७ चैत्र सम्मको तलब भत्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिने भएको छ ।

गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले समायोजन भएका तर स्थानीय वा प्रदेशले हाजिर नगराएका कर्मचारीको तलब भत्ता ती तहका लागि प्रदान गरिएको तलब भत्ता बापतको रकम सम्बन्धित अनुदानबाट कट्टा गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस