२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोभलालचमा नपरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कसैको लोभलालचमा नपरी काम गर्न भन्सार र राजश्वका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले राष्ट्रहित सम्झेर काम गरेमा राम्रो परिणाम आउने बताए ।

भैरहवा भन्सार कार्यालयको निरीक्षणपछि आज साँझ भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, यसमा कर्मचारीको विशेष भूमिका हुन्छ । त्यसैले तपाईंहरुले दृढताकासाथ सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्नुहोस् ।”

अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रण गरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रहसमेत गरे । उनले देशको विकासका लागि अर्थतन्त्रको महत्वपूर्ण भूमिका रहने भएको हुँदा अर्थ सङ्कलनका लागि कर्मचारी इमान्दारीपूर्वक राजश्व असुलीमा लाग्नुपर्ने बताए। करदाता र कर प्रशासनको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउँदै उनले हार्दिकता, मैत्रीपूर्ण, उत्प्रेरणा र चेतनशील भएर काम गर्नुपर्ने धारणा राखे। मन्त्री पौडेलले कहीँकतै हस्तक्षेपकारी भूमिका नखेल्ने जनाउँदै गुनासो नआउने किसिमले कामको परिणाम निस्कने गरेर काम गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले राजश्व अभिवृद्धिमा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने भएकाले सबल अर्थतन्त्र निर्माणका लागि सबै कर्मचारी एकजुट भएर काम गर्नुपर्ने बताए । नेकपा महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले बजेटमा स्रोत व्यवस्थापन गर्न धौंधौ भइरहेको जनाउँदै स्रोत व्यवस्थापन गर्न नसके राष्ट्रकै आर्थिक जीवनमा असर पर्ने बताए ।

मन्त्री पौडेलले भन्सारका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भैरहवा नाकामा एकीकृत जाँच चौकी(आइसिपी) निर्माण अघि बढाउन पहल भइरहेको जनाए। पन्ध्र वर्षअघि भारत सरकारको लगानीमा भैरहवा नाकामा आइसिपी निर्माण गर्ने सम्झौता भए पनि भारतीय पक्षको उदासिनताका कारण काम अघि बढ्न सकेको छैन । जसले गर्दा भैरहवा भन्सारको दैनिकी काम सहजरुपमा हुन सकेको छैन । मन्त्री पौडेलले बेलहिया–बुटवल व्यापारिक मार्ग अब चाँडै नै निर्माण सम्पन्न हुने जनाए ।

आयोजना प्रमुख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग आफूले कुराकानी गरेको जनाउँदे उनले सडकको चाँडै नै उद्घाटन गर्ने उल्लेख गरे। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले आइसिपी निर्माणलाई चाँडो अघि बढाउन पहल गर्न मन्त्री पौडेलसँग आग्रह गरे। उनले पार्किङ अभावमा भन्सारमा जामको समस्या भएको बताउँदै अहिले गाडी पार्किङ गर्ने ठाउँ साँघुरो हुँदा जाँचमा समेत ढिलाइ भएको समस्या सुनाए ।

प्रतिक्रिया दिनुहोस