रौतहटमा १८ वर्षीया युवतीको गोली हानी हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रौतहटमा १८ वर्षीया युवतीको गोली हानी हत्या


२७ कार्तिक २०७७, बिहिबार


रौतहट । रौतहटको माधवनारायण नगरपालिका-७ लौकाहामा बुधबार राति एकजनाको गोली हानी हत्या भएको छ।

राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृता कुमारीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

उनको २०७६ साल फागुनमा सर्लाहीको मधुवन गोठका रुपेश साहसँग विवाह भएको थियो। तर गएको असार उनीहरुको सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि उनी माइत बस्दै आएकी थिइन् ।

घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख शिद्धिविक्रम शाहले जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस