रुकुमपूर्वमा देउसीभैलो खेल्न रोक « प्रशासन
Logo १६ मंसिर २०७८, बिहिबार
   

रुकुमपूर्वमा देउसीभैलो खेल्न रोक


२१ कार्तिक २०७७, शुक्रबार


रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्ष तिहारमा देसी भैलो खेल्न नपाइने भएको छ । कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् ।

देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विगत एक महिनायता जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । जिल्लामा सक्रिय सङ्क्रमित छैनन् भनेर लापरबाही गर्न कसैलाई छुट नभएको प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताए ।

विगतका वर्षझै तिहारमा दाइभाइ दिदीबहिनी कहाँ र दिदी बहिनी दाइभाइ कहाँ नजान पनि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सबैमा आग्रह गरेको छ । हामी रहेमात्र हाम्रा चाडपर्व रहन्छन् भन्दै उनले सबैलाई अहिले आफू बसिरहेको ठाउँमा सुरक्षित भएर बस्न जिल्लावासीलाई आग्रह गरेका छन् ।

यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम सञ्चालन गरेमा कानूनअनुसार कारवाही गरिने प्रजिअ राइले चेतावनी दिए । एवं चाडपर्व मनाउन आग्रह गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस