विद्यालय मर्मतका लागि आएको रकम हिनामिना गर्ने इन्जिनियर, प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्यालय मर्मतका लागि आएको रकम हिनामिना गर्ने इन्जिनियर, प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन मर्मतका लागि आएको रकम हिनामिना गरेको आरोपमा गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङ्तानेसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

काभ्रेको हिमालय माध्यमिक विद्यालयको भवन मर्मतका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमबाट काम नगरी झुटा विवरण पेश गरी रकम निकासा गराएको अभियोगमा रोशी गाउँपालिकाका इन्जिनियर स्याङ्तान, विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समिति अध्यक्ष छेवाङ लामाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

उनीहरूविरुद्ध ७ लाख ८४ हजार ४ सय ४६ बिगो कायम गरी मुद्दा दायर गरिएको अधिकारीले बताए ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस