कर्मचारी र जनप्रनिधिलाई कोरोना भएपछि चाँगुनारायण नगरपालिका बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी र जनप्रनिधिलाई कोरोना भएपछि चाँगुनारायण नगरपालिका बन्द


२५ आश्विन २०७७, आइतबार


काठमाडौं । कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय आजदेखि बन्द गरिएको छ ।

नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नुपरेकाले केही दिनका लागि नगरपालिका बन्द गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउदै उ नले सङ्क्रमितको नजिक सम्पर्कमा रहेका र लक्षण देखिएका सबैले पीसीआर परीक्षण गराएर सतर्कता अपनाउन सबैमा आग्रह गरे । सङ्क्रमित कर्मचारीको सम्र्पकमा रहेका सबैको आज बिहानदेखि नै कन्ट्याक ट्रेसिङ्ग शुरु गरिएको उनले जानकारी दिए ।

आज नगर कार्यपालिकाले एक सूचना जारी गरेर सङ्क्रमितसँग नजिक रहेकाको स्वाब परीक्षण शुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको जानकारी दिएको हो । नगरप्रमुख मिश्रका अनुसार नगरपालिकामा हालसम्म दुई जनप्रतिनिधि, दुई अधिकृत, दुई स्वास्थ्यकर्मीसहित यहाँका ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो नपामा कोरोनाका कारणले अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस