गृह मन्त्रालयद्वारा सिडिओ हेरफेर, घट्दैछन् ‘बरन्डा’का सहसचिव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृह मन्त्रालयद्वारा सिडिओ हेरफेर, घट्दैछन् ‘बरन्डा’का सहसचिव


२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सरुवा गर्नुका साथै सहसचिवको दरबन्दी रहेका जिल्ला प्रशासन कार्यालयमा सहसचिव प्रजिअ नै खटाउन सुरु गरेको छ ।

मन्त्रालयले बिहीबार दाङ र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी(सहसचिव)को सरुवासहित सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ रहेका जिल्लामा सहसचिव सिडिओ पठाएको हो ।

मन्त्रालय स्रोतका अनुशार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । मकवानपुरमा प्रजिअ दीपकराज नेपाललाई बारा जिल्ला प्रमुखमा पठाइएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी(उपसचिव) रुद्र पण्डितलाई मन्त्रालयमा तानिएको छ ।

त्यसैगरी मन्त्रालयको ‘बरन्डा’मा राखिएका सहसचिव उमेश बस्नेतलाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी(उपसचिव)लाई सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाएको छ ।

मंगलबार मात्रै सहसचिवलाई मन्त्रालयमा थन्क्याएर उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी बनाई खटाएको समाचार प्रशासन डटकममा प्रकाशन भएको थियो ।

सम्बन्धित समाचार : सहसचिवलाई बरण्डामा थन्क्याएर उपसचिवलाई हाकिम !

समाचार प्रकाशन भएको १० मिनेटले गृह सचिवसहितको बैठकले बरन्डामा थन्क्याइएका करिब आधा दर्जन सहसचिवहरूमध्ये एक सहसचिवलाई पछि आउने अधिकारीका लागि भन्दै खाली राखिएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा व्यवस्थापन गरेको थियो ।

सम्बन्धित समाचार : ‘बरन्डा’मा थन्क्याइएका सहसचिव व्यवस्थापन सुरु, मन्त्रालयमा रिक्त महाशाखा प्रमुख तोकिए

जिम्मेवारी नदिएका सहसचिवहरूमध्ये अर्का सहसचिव उमेश बस्नेतलाई पनि जिम्मेवारी(स्याङ्जाको प्रमुख जिल्ला अधिकारी) दिएसँगै अव तीन सहसचिवहरूको व्यवस्थापन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस