२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार आरोपित दुई जना पक्राउ

अ+ अ-

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुई जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल र १८ वर्षीय बब्लु मण्डल पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए ।

धान खेतमा पानी कटाउन गएकी किशोरीलाई रञ्जित र बब्लुसहित चार जनाले भदौ २९ गते बिहान सामूहिक बलात्कार गरेको आरोप छ । बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध उजुरी गर्न गाउँको उनकै समुदायका पञ्चहरुले रोक लगाएपछि भदौ ३० गते किशोरीले आत्महत्या गरेकी थिइन् ।

बलात्कारपछि शत्रुघ्न मण्डलको घरमा बसेको गाउँलेहरुको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालयमा घटनाको जाहेरी दिन रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको थियो । न्यायको साटो अस्मिताको मूल्य तोकेर क्षतिपूर्ति दिने निर्णयको विरोध गरेकी किशोरीले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको उनकी आमाले बताइन्। मृतकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण गरिएको छ ।

प्रहरीले छलफलमा बस्ने तीन जना पञ्चलाई समेत पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । किशोरी र उनकी आमालाई धम्क्याएर बलात्कार घटनामा सहमति गराउन खोज्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले भदौ ३० गते नै पक्राउ गरेर मुद्दा चलाएको छ ।

उनीहरुलाई आत्महत्या दुरुत्साहनमा कारवाही थालिएको छ भने पक्राउ परेका बलात्कारका दुई आरोपित रञ्जित र बब्लुविरुद्ध आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस