डोटीमा ३ सय एकल महिलालाई राहत वितरण गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटीमा ३ सय एकल महिलालाई राहत वितरण गरिने


गणेश मौनी

३० भाद्र २०७७, मंगलबार


डोटी । डोटी जिल्लामा दुई वटा स्थानीय तहका तीन सय एकल महिलालाई राहत वितरण गरिने भएको छ ।

मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले सीमान्तकृत महिलाको आवाज परियोजना अन्तर्गत मंगलबार जिल्ला सदरमुकाम डोटीमा आयोजना गरेको जनप्रतिनिधीहरु सँगको समन्वय बैठकमा राहत वितरण गरिने जानकारी गराएको हो ।

विश्वमा महामारीको रूपमा रहेको कोभिड-१९ को संक्रमणका कारणबाट जोखिममा परेका दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिका भित्र रहेका ३ सय एकल महिलाहरूलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम रहेको परियोजना जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी देउवा बमले बताइन् । उनले भनिन स्थानीय तहसँगको समन्वयमा दसैँ अगावै राहत वितरण गरिने समेत बताइन् ।

राहत वितरणमा अपाङ्ग, दलित, जनजाति एकल महिलालाई विशेष प्राथमिकता दिइने समेत अधिकृत बलमे बताइन् । मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले डोटी जिल्लामा रहेका एकल महिलाहरूलाई राहत वितरण गर्नु प्रशंसनीय कार्य रहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बताइन् ।

उनले भनिन कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा एकल महिलालाई राहत सहयोग गर्नु राम्रो कार्य हो हाम्रो पनि पूर्ण सहयोग रहने बताइन् ।

राहतमा प्रति व्यक्ति ३० केजी चामल, २ लिटर तेल, १ केजी चिनी, १ केजी दाल, र १ केजी मिक्स दाल, गेडागुडी वितरण गरिने मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीकी अध्यक्ष सरिता श्रेष्ठले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस