चुनावलाई केन्द्रमा राखेर काम थाल्नुस् : थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनावलाई केन्द्रमा राखेर काम थाल्नुस् : थापा


२९ भाद्र २०७७, सोमबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बर्द्धनवादको विचारलाई स्थापित गर्न सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने औंल्याए । अध्यक्ष थापाले सङ्गठन केन्द्रित भएर आगामी निर्वाचनलाई ध्यानमा राखी जिल्लाजिल्लामा साङ्गठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गरे ।

बैठकमा पार्टी नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, निरञ्जन थापा, भाष्कर भद्रा, चन्द्रबहादुर गुरुङलगाय ७५ केन्द्रीय सदस्यको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस