वडाध्यक्ष पाण्डे २० हजार घुससहित नियन्त्रणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वडाध्यक्ष पाण्डे २० हजार घुससहित नियन्त्रणमा


१८ भाद्र २०७७, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही, रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोज कुमार पाण्डेलाई २० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

अनुदान स्वरूप रकम प्रदान गर्न सहजीकरण गरी दिएबापत २० हजार घुस लिएको आरोपमा वडाध्यक्ष पाण्डेलाई बिहीबार आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

वडा कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका पाण्डेमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।
तारानाथ अधिकारी

Tags :
प्रतिक्रिया दिनुहोस